बालेनसँग करिब साढे २ घण्टा लामो छलफल सकेर निस्किए रवि

भेटवार्ता सकेर निस्किएका रविले के कुराकानी भयो भन्नेबारे पत्रकारले सोध्दा विस्तृतमा केही बताएनन्। उनले यतिमात्रै भने, 'राम्रो भा'छ।'

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Ravi left after a two-and-a-half-hour discussion with Balen.

काठमाडौँ — ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग करिब साढे २ घण्टा लामो छलफल सकेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन्।

मेयर बालेन्द्रसँग भेटवार्ता सकेर निस्किएका रविले के कुराकानी भयो भन्नेबारे पत्रकारले सोध्दा विस्तृतमा केही बताएनन्। उनले यतिमात्रै भने, 'राम्रो भा'छ।'

लामिछानेअघि मेयर बालेन्द्रले भौतिक, ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए।

बालेनका सल्लाहकार कुमार बेनको घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भएको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

शाह र लामिछानेबीच छलफल जारी रहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका थिए । 

सम्बन्धित समाचार 

रवि-बालेन छलफल जारी

कान्तिपुर संवाददाता

Link copied successfully