बिहान झन्डै १० बजेदेखि मतदान सुरु भएको थियो ।
काठमाडौँ — भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनमा मतदान जारी छ । बिहान झन्डै १० बजेदेखि मतदान सुरु भएको थियो । करिब १२ बज्नै आँटदा ३ सय ५० मत मात्रै खसेको छ।
मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन्।
महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन्। पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २, उपाध्यक्ष (५) पदमा ११, महासचिव (१) पदमा २, उपमहासचिव (३) पदमा ७ र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन्।
