अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन्।
काठमाडौँ — नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि करिब डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन्। यसअघि मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो। अहिले बिहान पनि मतदानस्थलमा पुग्न ओलीले ढिला गरेपछि मतदानस्थलमा प्रतिनिधिहरू लाइन लागेर पर्खिएका थिए। मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका २२६३ प्रतिनिधिले मतदान गर्ने छन्।
![Leaders including Oli and Pokharel cast their votes [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/uml-voting-3-17122025045211-1000x0.jpg&w=1001&h=0)
![Leaders including Oli and Pokharel cast their votes [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/uml-voting-1-17122025045229-1000x0.jpg&w=1001&h=0)