संस्थापन पक्षबाट कोटामा नपरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
काठमाडौँ — एमाले उपमहासचिवका लागि संस्थापन पक्षबाट कोटामा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्रप्रसाद गौतमले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले हिजो उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । ‘पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएँ,’ उनले मंगलबार बिहान भने, ‘प्यानलमा नपर्दा जित्ने सम्भावना पनि कम देखियो ।’
