विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक बस्दै

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

UML secretariat meeting on the eve of the legislative convention

काठमाडौँ — नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक बस्दैछ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३:०० बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ । 

कान्तिपुर

Link copied successfully