एनपीएल दोस्रो दिन : विराटनगर र चितवनको सान [तस्बिरहरु]

विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनायो, जुन एनपीएलकै उच्च स्कोर थियो । विराटनगरले आफैंले बनाएको उच्च स्कोरको कीर्तिमान उछिनेको हो ।

मंसिर २, २०८२

हेमन्त श्रेष्ठ

NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार विराटनगर किंग्स र चितवन राइनोजले जित निकालेका छन् ।विराटनगरले उच्च स्कोरसहित कीर्तिमान रच्दै पोखरा एभेन्जर्समाथि ५३ रनको जित हात पाएको हो । २ सय २१ रनको विशाल लक्ष्य पाएको पोखरा १८.५ ओभरमै १ सय ६७ रनमा अलआउट भयो ।

NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]

विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनायो, जुन एनपीएलकै उच्च स्कोर थियो । विराटनगरले आफैंले बनाएको उच्च स्कोरको कीर्तिमान उछिनेको हो । गत वर्ष विराटनगरले लुम्बिनी लायन्सविरुद्ध ८ विकेट गुमाई १ सय ९३ रन बनाएर खेल जितेको थियो । विराटनगर र पोखराबीच एकै खेलमा सर्वाधिक स्कोरको खेल पनि बन्यो । यस खेलमा कुल ३ सय ८४ रन बन्यो । गत संस्करण फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दा ३ सय ६९ रन बनेको थियो । लोकेश बम र मार्टिन गप्टिलले दोस्रो विकेटमा १ सय ३२ रनको साझेदारी गरे । एनपीएल इतिहासकै यो दोस्रो उच्च साझेदारी थियो । गत वर्ष पोखराका एन्ड्रिज गौस र दिनेश खरेलले पहिलो विकेटमा विनाक्षति १ सय ७६ रन जोडेका थिए । कप्तान कुशल भुर्तेलले ५९ रन बनाए पनि पोखरा विशाल लक्ष्य नजिक पुग्न सकेन ।

NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]

त्यस्तै दिनको पहिलो खेलमा इंग्लिस खेलाडीद्वय रवि बोपारा र सैफ जैबले सानदार ब्याटिङ गरेपछि चितवन राइनोजले कर्णाली याक्समाथि ४ विकेटको जित पाएको थियो । चितवनले १ सय ६७ रनको लक्ष्य ५ बलअघि १ सय ७१ रन बनाएर पूरा गरेको हो । बोपाराले ३६ बलमा ५२ रन बनाए । गत सिजनमा सुदूरपश्चिमलाई फाइनलमा पुर्‍याउँदै प्लेयर अफ द सिरिजमा चुनिएका जैबले १६ बलमा ३८ रन बनाए ।

NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]

यसअघि प्रियांक पञ्चालले ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६६ रन बनायो । ३५ वर्षे पञ्चालले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । शतकतर्फ अगाडि बढेको समयमा उनी रवि बोपाराको बलमा लङअनमा देव खनालबाट क्याच भए ।

NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]

पञ्चालले म्याक्स ओ’डडसँग मिलेर कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईको प्रयासमा कर्णालीले पावर प्लेको पहिलो ६ ओभरमा ५१ रन जोडेको थियो । ६१ रनमा ओ’डड आउट भएपछि साझेदारी टुटेको थियो । गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रन र प्लेअफमा ६ विकेटले पराजित गरेको थियो ।

NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]

बुधबार काठमान्डु गोर्खाजले आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

Link copied successfully