Biratnagar scored 220 runs for the loss of 6 wickets in the stipulated 20 overs under floodlights at the Tribhuvan University Cricket International Stadium, which was the highest score in the NPL. Biratnagar surpassed its own record of the highest score.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Biratnagar Kings and Chitwan Rhinos registered victories in the Nepal Premier League (NPL) cricket on Tuesday. Biratnagar registered a record-breaking 53-run win over Pokhara Avengers with a high score. Chasing a mammoth target of 221, Pokhara were bowled out for 167 in 18.5 overs.
विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनायो, जुन एनपीएलकै उच्च स्कोर थियो । विराटनगरले आफैंले बनाएको उच्च स्कोरको कीर्तिमान उछिनेको हो । गत वर्ष विराटनगरले लुम्बिनी लायन्सविरुद्ध ८ विकेट गुमाई १ सय ९३ रन बनाएर खेल जितेको थियो । विराटनगर र पोखराबीच एकै खेलमा सर्वाधिक स्कोरको खेल पनि बन्यो । यस खेलमा कुल ३ सय ८४ रन बन्यो । गत संस्करण फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दा ३ सय ६९ रन बनेको थियो । लोकेश बम र मार्टिन गप्टिलले दोस्रो विकेटमा १ सय ३२ रनको साझेदारी गरे । एनपीएल इतिहासकै यो दोस्रो उच्च साझेदारी थियो । गत वर्ष पोखराका एन्ड्रिज गौस र दिनेश खरेलले पहिलो विकेटमा विनाक्षति १ सय ७६ रन जोडेका थिए । कप्तान कुशल भुर्तेलले ५९ रन बनाए पनि पोखरा विशाल लक्ष्य नजिक पुग्न सकेन ।
त्यस्तै दिनको पहिलो खेलमा इंग्लिस खेलाडीद्वय रवि बोपारा र सैफ जैबले सानदार ब्याटिङ गरेपछि चितवन राइनोजले कर्णाली याक्समाथि ४ विकेटको जित पाएको थियो । चितवनले १ सय ६७ रनको लक्ष्य ५ बलअघि १ सय ७१ रन बनाएर पूरा गरेको हो । बोपाराले ३६ बलमा ५२ रन बनाए । गत सिजनमा सुदूरपश्चिमलाई फाइनलमा पुर्याउँदै प्लेयर अफ द सिरिजमा चुनिएका जैबले १६ बलमा ३८ रन बनाए ।
पञ्चालले म्याक्स ओ’डडसँग मिलेर कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईको प्रयासमा कर्णालीले पावर प्लेको पहिलो ६ ओभरमा ५१ रन जोडेको थियो । ६१ रनमा ओ’डड आउट भएपछि साझेदारी टुटेको थियो । गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रन र प्लेअफमा ६ विकेटले पराजित गरेको थियो ।
![NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npldrone11182025dji202511181727310045d-copy-18112025043817-1000x0.jpg&w=1001&h=0)
![NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplpokharavsbiratnagar11182025c7a3253-copy-18112025044207-1000x0.jpg&w=1001&h=0)
![NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplpokharavsbiratnagar11182025c7a3184-copy-18112025044201-1000x0.jpg&w=1001&h=0)
![NPL Day 2: The glory of Biratnagar and Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplpokharavsbiratnagar11182025c7a2911-copy-18112025044148-1000x0.jpg&w=1001&h=0)