जाजरकोट — जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा गएको ६.४ म्याग्निच्युडको भूकम्पले शनिबार राति अबेरसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट कर्णाली प्रदेशका जाजरकोट र रूकुम पश्चिम सबैभन्दा धेरै प्रभावित भएका छन् भने सल्यान, कालीकोट र रोल्पामा पनि क्षति पुगेको छ । घर भत्किएर२ सय ८ जना घाइते र हजारौं ओतविहीन बनेका छन् ।
