लगानी सम्मेलनमा अपेक्षा

वैशाख १०, २०८१

पाठक पत्र

Expectations at the investment conference

आगामी जेठ १५ मा प्रस्तुत गर्नुपर्ने आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणमा नेपाल सरकार जुटिरहेका बेला लगानी बोर्ड नेपालको संयोजनमा यही वैशाख १६ र १७ मा काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री, मन्त्रीदेखि लिएर सम्बन्धित सरोकारवाला निकायका अधिकारी लगानी सम्मेलनलाई सार्थक बनाउन तयारीमा जुटेका छन् ।

हाल अमेरिका भ्रमणमा गएका अर्थमन्त्री वर्षमान पुनसमेत त्यहाँका लगानीकर्तासँग छलफल गरी नेपाल फर्कंदै छन् । लगानीको सहज वातावरणका लागि संसद्बाट ऐन संशोधन नहुने भएपछि अध्यादेश ल्याउने तयारीमा सरकार छ । लगानी सम्मेलनमा भारत, चीन, अमेरिका, जापानलगायत ३६ देशका ४ सय ६२ जनाभन्दा बढी लगानीकर्ता सहभागी हुने सुनिश्चित भएको छ भने १ सय ४० भन्दा बढी परियोजना अघि सार्ने तयारी छ ।

यसपटक ९ खर्ब रुपैयाँ लगानी आउने अपेक्षा गरिएको छ । विदेशी लगानीकर्ताको प्रतिबद्धता अनुसार लगानी भित्रन नसकिरहेका बेला आसन्न सम्मेलनले जतिसक्दो बढी लगानी सुनिश्चित गर्न सकोस्, सरकारले पनि लगानीको उचित वातावरण तयार पारोस् ।

– तिलप्रसाद न्यौपाने, बालाजु, काठमाडौं

पाठक

Link copied successfully