Live

टर्किए विरुद्ध पाराग्वे

फिफा विश्वकप २०२६ मा २२ औं वरियतामा रहेको टर्किएले ४१ औं वरियतामा रहेको पाराग्वेको सामना गरिरहेको छ ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

Turkey vs Paraguay

9 Updates

(11:01 AM)

पाराग्वेसँगकाे हारले टर्किए समूह चरणबाटै बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' को टर्किएविरूद्धको खेलमा पाराग्वेले १–० को जीत निकालेको छ । खेलको ६५औँ सेकेन्डमै पाराग्वेका माटियास गालार्जाले सानदार गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। अन्तत: सोही गोल नै जीतका लागि पर्याप्त रह्यो । पाराग्वेका फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएर १० खेलाडीमा सीमित भएपनि टर्किएले गोल फर्काउन सकेन । 

(10:40 AM)

बराबरी गोलको खोजीमा टर्किए

टर्किएले ७५ प्रतिशत भन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राखेर निरन्तर आक्रमण बुने पनि पाराग्वेको बलियो रक्षापंक्तिलाई तोड्न सकेको छैन। कप्तान हाकान चाल्हानोग्लुको उत्कृष्ट क्रस र यिल्माजका केही प्रहारहरू पोस्टभन्दा बाहिरिएका छन्। 

(10:06 AM)

यो विश्वकपको सर्वाधीक छिटो गोल

खेल सुरु भएको ६५औँ सेकेन्डमै पाराग्वेका माटियास गालार्जा (२३) ले सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो जारी विश्वकपकै सबैभन्दा द्रुत गोल समेत बनेको छ।

This is the fastest goal of the World Cup.

(09:51 AM)

२००२ मा तेस्रो भएको टर्किए २४ वर्षपछि पुन: विश्वकपमा

२४ वर्ष लामो प्रतिक्षापछि टर्किए फिफा विश्वकपमा फर्किएको हो। सन् २००२ को विश्वकपमा सह आयोजक दक्षिण कोरियालाई हराउँदै तेस्रो स्थान हासिल गरेयता टर्किए विश्वकपमा छनोट हुन सकेको थिएन। त्यसैले यो विश्वकप टर्किस फुटबल प्रशंसकका लागि पनि भावनात्मक रूपमा निकै महत्त्वपूर्ण छ। पहिलो हाफमा एक गोलले पछि परेको टर्किएका लागी १० खेलाडीमा सीमित भएको पाराग्वेविरूद्ध पुनरागमन गर्दै जीत निकाल्ने अवसर छ ।

(09:42 AM)

पहिलो हाफमा पाराग्वेको एक गोल

फिफा विश्वकप २०२६ को समूह ‘डी’ अन्तर्गत टर्किएविरुद्ध पाराग्वेको खेलको पहिलो हाफ सकिएको छ । दोस्रो हाफ सुरु हुनुअघि पाराग्वेले एक मात्र गोल गर्दै टर्किएलाई पछि पारेको छ । नकआउट चरणमा पुग्नका लागि आज दुवै टीमलाई जीतको खाँचो छ ।

(09:37 AM)

पाराग्वेलाई रेड कार्ड

पाराग्वेका मिड फिल्डर मिगुएल अल्मिरोनले रेड कार्ड खाएका छन् । एट्लान्टा युनाइटेडबाट क्लब फुटबल खेल्ने उनले मुख छोपेर टर्किएका खेलाडी मुल्डोरलाई केही भनेपछि रेफ्रीले उनलाई मैदानबाट बाहिर पठाईदिएका हुन् । फिफाको नयाँ नियम अनुसार विपक्षी खेलाडीलाई मुख छोपेर केही पनि भनेको पाइएमा कार्ड दिइन्छ ।

Red card

(09:28 AM)

जन्म जर्मनीमा, कर्म टर्किएमा

टर्किए टोलीमा एउटा रोचक संयोग छ । यस टोलीका कप्तान हाकान चाल्हानोग्लु र युवा स्टार केनान यिल्दिजसहित ५ जना खेलाडीहरूको जन्म जर्मनीमा भएको हो। जर्मनीमै हुर्किएर फुटबल सिकेका उनीहरू यतिबेला टर्किएका लागि विश्वकप खेलिरहेका छन्।

Born in Germany, if karma is broken

(09:22 AM)

छुट्टी रद्द गरेर विश्वकपमा

पाराग्वेका फरवार्ड इसिद्रो पिट्टालाई आफू विश्वकप टोलीमा छनोट हुनेमा आस नभएपछि परिवारसँग स्पेन घुम्न जाने तयारीमा थिए । तर अप्रत्याशित रूपमा टोलीमा नाम परेपछि उनले छुट्टी रद्द गरेर अमेरिका पुगेका हुन् । आजको खेलमा उनी सुरुवाती ११ मै मैदानमा उत्रिएका छन्।

Canceling vacation and traveling to the World Cup

(09:14 AM)

जीतको खोजीमा दुवै टोली

टर्किए आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग २-० ले पराजित भएको थियो भने पाराग्वे सह-आयोजक अमेरिकासँग ४-१ को फराकिलो अन्तरले हारेको थियो। दुवै टोली प्रतियोगिताको अर्को चरण (नकआउट चरण) मा पुग्ने सम्भावना जीवित राख्नका लागि यस खेलमा स्पष्ट जित वा अंकको खोजीमा छन्।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully