धेरैपछि कर्णालीका विद्यार्थीलाई भर्नासँगै पुस्तक

कर्णालीका ५ पहाडी र ५ हिमाली जिल्लामा २०८२ को भर्ना अभियानका बेला ४० प्रतिशत, २०८१ मा ४९ प्रतिशत, २०८० मा ४८ प्रतिशत र २०७९ मा ४५ प्रतिशत किताब पुगेको थियो, यसपाली ८० प्रतिशत किताब विद्यालयमा पुगिसक्यो।

वैशाख २४, २०८३

तुलाराम पाण्डे, कृष्णप्रसाद गौतम, रामचन्द्र न्यौपाने

After a long time, Karnali students will receive books along with admission

सुर्खेत, कालीकोट र डोल्पा — कालीकोटको रास्कोट नगरपालिकास्थित बडिमालिका माध्यमिक विद्यालयकी छात्रा जयन्ती बराल यो वर्ष कक्षा ६ मा भर्ना हुनेबित्तिकै नयाँ किताब पाउँदा दंग छिन् । ‘पोहोर त विद्यालयले दिएको पुरानो किताबले नै कक्षा ५ सकेकी थिएँ,’ उनले भनिन्, ‘नयाँ कक्षामा नयाँ किताब पाएपछि पढ्न पनि जाँगर लाग्ने रहेछ ।’ 

कक्षा ९ का हिक्मत शाहीले पनि सुरुकै दिन किताब पाउँदा खुसी लागेको बताए । ‘पहिले त पूरै किताब कहिल्यै आउँदैनथ्यो । साथीको किताब हेरेर पढ्दा सरले पढाएको बुझिँदैनथ्यो,’ उनले भने, ‘यस पटक सुरुमै नयाँ किताब पाइयो ।’

कर्णालीमा विगत वर्षमा धेरै विद्यार्थीले हातमा पाठ्यपुस्तकै नपरी परीक्षा दिनुपर्ने अवस्था थियो । यो वर्ष भर्ना र कक्षा सुरु भएसँगै हातहातमा किताब परेपछि विद्यार्थी मक्ख छन्, शिक्षक पनि खुसी छन् । अभिभावकलाई पनि चिन्ता छैन ।

After a long time, Karnali students will receive books along with admission

कर्णालीमा विगत वर्षमा धेरै विद्यार्थीले हातमा पाठ्यपुस्तकै नपरी परीक्षा दिनुपर्ने अवस्था थियो । यो वर्ष भर्ना र कक्षा सुरु भएसँगै हातहातमा किताब परेपछि विद्यार्थी मक्ख छन्, शिक्षक पनि खुसी छन् ।कर्णालीमा ३ हजार २६ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा गत वर्ष ५ लाख ९५ हजार ५ सय ९९ विद्यार्थी भर्ना भएका थिए । यो वर्ष पनि त्यही हाराहारी विद्यार्थी भर्ना हुने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले अनुमान गरेको छ । ‘सबैजसो विद्यालयले पढाइ सुरु गरिसकेका छन्,’ निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले भनिन्, ‘केही विद्यालयमा भर्नासँगै पढाइ पनि भइरहेको छ । भर्ना भएका सबै विद्यार्थीले किताब पाइसकेका छन् ।’ निर्देशनालयले कर्णालीमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन विद्यालयमा वितरणको व्यवस्था मिलाउँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार कर्णालीभरि यो वर्ष झन्डै १ लाख २० हजार सेट नयाँ किताब आवश्यक पर्नेमा करिब ८० हजार ८ सय ६८ सेट किताब विद्यालयमा पुगिसकेको छ । ‘त्यसबाहेक विद्यालय र स्टेसनरीमा गत वर्षका केही किताब मौज्दात हुन्छन्,’ जनक शिक्षाकी प्रादेशिक प्रमुख जमुना ढकालले भनिन्, ‘केही कक्षाका किताब निजी क्षेत्रले छाप्छ, त्यतैमार्फत वितरण हुन्छ । समग्रमा अहिलेसम्म झन्डै ८० प्रतिशत किताब विद्यालयमा पुगिसक्यो ।’

जनक शिक्षाले प्रदेशभरि पाठ्यपुस्तक वितरण गर्न ८९ वटा पुस्तक पसललाई सूचीकृत गरेको छ । अहिलेसम्म सबैभन्दा धेरै १७ हजार ९ सय ८४ थान किताब दैलेखमा र सबैभन्दा कम जाजरकोटमा ५ हजार ६ सय ६६ थान किताब गएको जनक शिक्षाको तथ्यांक छ । 

कक्षा ३ र ५ देखि १० कक्षाको किताब जनक शिक्षाले वितरण गर्छ भने कक्षा १, २ र ४ कक्षाका पाठ्यपुस्तक प्रकाशन र वितरणको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । केही स्थानीय तहमा भने पाठ्यपुस्तकको रकम निकासी नहुँदा विद्यालयहरूले उधारोमा किताब लिएर विद्यार्थीलाई वितरण गरेका छन् ।

After a long time, Karnali students will receive books along with admission

केही विद्यार्थी अभिभावकसँगै जिल्लाबाहिर गएकाले विद्यालयमा भर्ना अभियान अझै चलिरहेको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए । ‘यहाँका धेरैजसो अभिभावक मजदुरीका लागि भारत जान्छन्, परीक्षा सकिएको मौकामा केही विद्यार्थी अभिभावक भेट्न उता गएको देखियो,’ उनले भने, ‘कतिपय विद्यार्थी जडीबुटी टिप्न, जिल्लाबाहिर अभिभावकसँग मजदुरी गर्न पनि गएका छन् ।’ खत्रीका अनुसार झन्डै ८० प्रतिशत विद्यार्थी भर्ना भइसकेका छन् ।

पहिलो चरणमा झन्डै ८० प्रतिशत किताब पुर्‍याएका व्यवसायीले अब विद्यालयको मागका आधारमा थप पुस्तक लैजाने जनक शिक्षाले जनाएको छ । जनक शिक्षाकी प्रादेशिक प्रमुख ढकालका अनुसार कर्णालीमा पछिल्लो एक दशकमा भर्ना अभियान सुरु नहुँदै सबैभन्दा बढी किताब गएको यही वर्ष हो । गत वर्ष भर्ना अभियानका बेला कर्णालीका ५ पहाडी र ५ हिमाली जिल्लामा करिब ४० प्रतिशत किताब गएको थियो । २०८१ मा झन्डै ४९ प्रतिशत, २०८० मा ४८ प्रतिशत र २०७९ मा ४५ प्रतिशत किताब पठाइएको थियो ।

After a long time, Karnali students will receive books along with admission

२०७८ मा ४० प्रतिशत किताब पठाइएको थियो । त्यसअघिका वर्षमा ३० देखि ४० प्रतिशतसम्म किताब जाने गरेको जनक शिक्षाको तथ्यांक छ । ‘यसपालि वार्षिक परीक्षा सकिएर धेरै समय खाली पनि धेरै भयो,’ प्रादेशिक प्रमुख ढकालले भनिन्, ‘कोर्स पनि परिवर्तन नभएकाले किताब छाप्न पनि समयमै सकियो, व्यवसायी पनि समयमै किताब लिन आए । हामीले पनि छिटो गरी पठायौं ।’

मुगुको सोरु गाउँपालिकामा ३९ सामुदायिक विद्यालय छन्, जसमा झन्डै ५ हजार ५ सय विद्यार्थी भर्ना भएका छन् । तर पालिकाले विद्यार्थीका लागि पाठ्यपुस्तकबापतको झन्डै २० लाख रुपैयाँ निकासा नदिँदा उधारोमा किताब खरिद गरिएको आधारभूत विद्यालय सोरुकोटका शिक्षक गोविन्द शाहीले बताए । दुई साताअघि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कुशल बराल पालिकामा हाजिर भएका छैनन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेर लेखापाल निलम्बनमा परेपछि पाठ्यपुस्तकको रकम निकासा हुन नसकेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले बताए । ‘उधारोमा भए पनि विद्यार्थीले किताब पाए,’ उनले भने, ‘सबै विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।’

After a long time, Karnali students will receive books along with admission

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले विगतमा ग्रामीण क्षेत्रसम्म यातायात सुविधा नहुँदा पनि किताब पुग्न ढिला हुने गरेको तर यो वर्ष त्यस्तो अवस्था नरहेको बताउँछन् ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले विगतमा ग्रामीण क्षेत्रसम्म यातायात सुविधा नहुँदा पनि किताब पुग्न ढिला हुने गरेको तर यो वर्ष त्यस्तो अवस्था नरहेको बताउँछन् । ‘हुम्लामा यसै वर्ष गाडी गएको हो, अरू धेरै जिल्लामा सदरमुकामसम्म भरपर्दो यातायात सुविधा छ । त्यसैले ढुवानीमा पहिलाभन्दा कम समस्या छ,’ उनले भने, ‘त्यसो त केही पालिकामा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता पनि छ ।’

सुनारका अनुसार केही वर्ष अघिसम्म स्टेसनरी व्यवसायीले यातायातको समस्या देखाउँदै हिमाली जिल्लामा पुस्तक पुर्‍याउन ढिलाइ गर्ने गरेका थिए । साविक जिल्ला शिक्षा कार्यालय हुँदा पनि पाठ्यपुस्तकको रकम निकासामा ढिलाइ हुने गरेको थियो । 

बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले विगतमा विद्यार्थीले पाठ्यपुस्तक नपाउने वा पाए पनि ढिला पाउने समस्या हुँदा पढाइमा असर परेको बताए । ‘विद्यार्थीको हातमा किताब नहुँदा शिक्षकलाई 

समेत पढाउन अप्ठ्यारो थियो । गृहकार्य के दिने, कसरी दिने, घरमा गएर के पढ भन्ने थियो । तर अहिले विद्यार्थीले शैक्षिक सत्रको सुरुमै किताब पाएपछि घरमा पनि पढ्छन्,’ उनले भने । 

बरालका अनुसार गत वर्षसम्म ढुवानी व्यवसायीले ढिलो गरेर पुस्तक विद्यालयमा पुर्‍याउने गरेका थिए । पूरै सेट किताब नपुग्दा विद्यार्थीलाई पुरानो पाठ्यपुस्तक वितरण गर्नुपर्ने बाध्यता थियो । उनका अनुसार बडिमालिकामा अहिलेसम्म ३ सय १२ विद्यार्थी भर्ना भएका छन् । उनीहरू सबैले भर्नासँगै किताब पाएका छन् ।

कालीकोटको जनजीवन माध्यमिक विद्यालयमा भर्ना भएका ४ सय ७० विद्यार्थीले पनि भर्ना भएसँगै किताब पाइसकेका छन् । ‘नयाँ किताब पहिलोपल्ट पाएपछि उनीहरूको खुसी नै छुट्टै छ,’ विद्यालयका प्रधानाध्यापक तेजबहादुर शाहीले भने, ‘पुराना किताब पढ्नुपर्ने बाध्यताबाट यो वर्ष विद्यार्थीले मुक्ति पाए ।’ 

After a long time, Karnali students will receive books along with admission

जुम्लाको सिञ्जा गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयका शिक्षक कमल नेपालीका अनुसार त्यस विद्यालयमा यो वर्ष भर्ना भएका ४ सय १० विद्यार्थीले किताब पाइसकेका छन् । ‘पहिले त जनक शिक्षाले किताब समयमै नछाप्ने, छापे पनि स्थानीय तहले पाठ्यपुस्तकको रकम ढिलो निकासा दिने र रकम नपाउँदासम्म व्यवसायीले किताब नल्याउने जस्ता समस्या थिए,’ उनले भने, ‘विद्यार्थीले भर्नाको २/३ महिनापछि मात्र किताब पाउँथे । कुनै वर्ष त ६ महिनासम्म पनि किताब आउँदैनथ्यो ।’

पठनपाठनका लागि पाठ्यपुस्तक र विद्यार्थीबीच मनोवैज्ञानिक सम्बन्ध रहेको हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरगाउँस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले बताए ।पठनपाठनका लागि पाठ्यपुस्तक र विद्यार्थीबीच मनोवैज्ञानिक सम्बन्ध रहेको हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरगाउँस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले बताए । ‘पुस्तक भए विद्यार्थीले छिटो सिक्छन्, गृहकार्यलगायत शैक्षिक क्रियाकलापमा सहभागी हुन सजिलो हुन्छ,’ उनले भने, ‘विद्यार्थीको हातमा पुस्तक हुँदा शिक्षकलाई पढाउन पनि सजिलो हुन्छ ।’ प्स्तुकले विद्यार्थीको सिकाइमा मनोबल पनि बढाउने उनको भनाइ छ । ‘जे कुरा पनि नयाँ भनेपछि छुट्टै सामीप्य हुन्छ । विद्यार्थीका हकमा पनि त्यही हुन्छ । समयमै किताब, त्यो पनि नयाँ पाए भने विद्यार्थीले सुरुमै पढ्ने वातावरण बन्छ,’ उनले भने, ‘सुरुमै पढ्ने मन बढ्यो भने पछिसम्म लागिरहन्छ । कति विद्यार्थीले किताबै नभएर बीचैमा पढाइ पनि छाडेका छन् ।’

प्रधानाध्यापक बमका अनुसार पाठ्यपुस्तक समयमै नआउँदा ‘कोर्स’ सक्न समस्या हुने गरेको थियो । त्यसले नतिजामा पनि असर पार्थ्यो । यो वर्ष विद्यालयमा भर्ना भएका ३ सय ९० विद्यार्थीले किताब पाइसकेको उनले जानकारी दिए । त्यस विद्यालयमा गत वर्ष असारमा विद्यार्थीले किताब पाएका थिए, अघिल्लो वर्ष साउनमा पुस्तक आएको थियो । 

डोल्पामा ढुवानी सास्ती

पहिले शैक्षिक सत्र सुरु भएको महिना दिनसम्म पनि पाठ्यपुस्तक नपाउने डोल्पाका विद्यार्थीका हातमा यस पटक नयाँ किताब पुगिसकेको छ । जिल्लाका ८ वटै स्थानीय तहमा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख डायमन्ड पुनका अनुसार तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा पुस्तक वितरणसमेत भइसकेको छ । त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका साथै उपल्लो डोल्पाका काइके, शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङ्साोङ गाउँपालिकाका विद्यालयमा समेत पाठ्यपुस्तक वितरण भइसकेको छ । जगदुल्ला गाउँपालिकामा भने केही दिनमै विद्यार्थीले पुस्तक हात पार्ने पुनले जानकारी दिए । 

After a long time, Karnali students will receive books along with admission

डोल्पामा १ सय ९ सामुदायिक विद्यालय छन् । भौगोलिक विकटताका कारण पुस्तक ढुवानी भने सधैं चुनौतीपूर्ण बन्ने गरेको छ । उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा रहेका १३ विद्यालयमा अघिल्लो वर्ष नै पाठ्यपुस्तक ‘स्टक’ राखेर वितरण गर्ने गरिएको गाउँपालिका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले जानकारी दिए । राष्ट्रिय सडक सञ्जालले नछोएको उपल्लो डोल्पामा शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक पुर्‍याउन असम्भव हुने भएकाले एक वर्ष अगावै ढुवानी गरेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए । 

सदरमुकाम दुनैबाट टाढा रहेका पालिकाका केन्द्र र वडामा घोडा, खच्चड र भरियामार्फत पुस्तक बोकाएर लैजाने गरिएको छ । राज्यले आधारभूत पूर्वाधार निर्माणमा ध्यान नदिँदा सामान्य पुस्तक ढुवानीका लागि पनि खच्चडको भर पर्नुपर्ने बाध्यता रहेको पालिका उपाध्यक्ष गुरुङले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully