काठमाडौं बाहिरका सीडीओहरूको रिपोर्ट: प्रशासन पूर्वतयारीमै कमजोर

कार्की आयोगले संकलन गरेको विवरणअनुसार काठमाडौंको बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत लगायतका संरचनामा आगजनी भएपछि त्यसको प्रभाव जिल्लाहरूमा पनि देखिएको थियो ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Report from CDOs outside Kathmandu: Administration is weak in preparation

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा काठमाडौं बाहिरका जिल्लाहरूमा समेत प्रदर्शनमा व्यापक क्षति पुगेको थियो । तर, त्यस्तो स्वरूपमा क्षति हुने अनुमान स्थानीय प्रशासनले नगरेको पाइएको छ ।

कार्की आयोगले संकलन गरेको विवरणअनुसार काठमाडौंको बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतलगायतका संरचनामा आगजनी भएपछि त्यसको प्रभाव जिल्लाहरूमा पनि देखिएको थियो । कतिपय जिल्लामा नेपाली सेनाको परिचालनपछि पनि सार्वजनिक सम्पत्तिमा क्षति पुगेको उल्लेख छ ।

आन्दोलनका क्रममा भएका घटनाबारे थप तथ्य संकलन गर्न आयोगले बढी प्रभावित जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूसँग विस्तृत ‘घटना विवरण कागज’ माग गरेको थियो । आन्दोलनअघि, आन्दोलनका बेला र त्यसपछिको अवस्थाबारे यथार्थ जानकारी लिन ती विवरण संकलन गरिएको हो ।

प्राप्त विवरणमा प्रमुख जिल्ला अधिकारीहरूले आन्दोलनको अगुवाइ मूलतः जेन-जी समूहकै रहेको देखिए पनि त्यसमा विभिन्न तहबाट प्रभाव परेको उल्लेख गरेका छन् । सामाजिक अभियन्ता भनिने व्यक्तिहरू, राजनीतिक दलका संस्थापन तथा इतर पक्षका कार्यकर्ता र सामाजिक सञ्जालमार्फत सक्रिय केही समूहहरूले आन्दोलनकारीलाई उक्साउने भूमिका खेलेको उनीहरूको भनाइ छ ।

कान्तिपुर

Link copied successfully