झापा-५ का नेकपा उम्मेदवार रन्जित तामाङलाई टेलिफोन गरी संयाेजक पुष्पकमल दाहालले भ्रममा नपर्न भनेका छन् ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले झापा-५ मा तालमेल नहुने बताएका छन् । उनले झापा-५ का नेकपा उम्मेदवार रन्जित तामाङलाई टेलिफोन गरी भ्रममा नपर्न भनेका छन् ।
‘झापा-५ मा हामी कसैलाई छाड्दैनौं । सम्पूर्ण शक्तिका साथ रन्जितलाई जिताउन लाग्ने हो । सबै अफवाहहरू शतप्रतिशत गलत हुन्,’ दाहालले तामाङलाई फोनमा भनेका छन् ।
झापा- ५ लगायत क्षेत्रमा प्रमुख दलहरूबीच तालमेलको चर्चा चलिरहेका बेला दाहालले यस्तो बताएका हुन् ।
झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेत बालेन्द्र शाह, नेकपामा तामाङ, कांग्रेसका मन्थरा चिमोरियालगायत उम्मेदवार छन् ।
