पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन : गाओ लियाङ 

‘नेपालका विमानस्थल चिनियाँ कम्पनीले बनाइसकेका छन् । नेपालको कनेक्टिभिटीमा भूराजनीतिक कारण पनि छ ।’

माघ २७, २०८२

कान्तिपुर संवाददाता

China is not the reason for the non-operation of Pokhara and Bhairahawa International Airports: Gao Liang

काठमाडौँ — चीनको सिचुवान विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङले नेपालका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुनुमा चीन कारण नरहेको बताएका छन् । 

‘नेपालको दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनीले बनाइसकेका छन् । यो सुरु हुन नसक्नु हाम्रो कारण होइन,’ उनले भने, ‘नेपालको कन्नेक्टिभिटिमा भूराजनीतिको कारण पनि छ ।’  

उनले बीआरआई परियोजना नेपालका लागि महत्वपूर्ण भएको बताए । ‘यो परियोजना आफैंमा समावेशी परियोजना हो । यसले नेपालको प्रवर्धन गर्न धेरै महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘यो नेपालकेन्द्रित मात्रै होइन । पूरै एसिया क्षेत्रसम्म पुग्छ । यसले एकअर्कासँग सम्पर्क स्थापित गर्छ । यसमा सहकार्य गर्न भारत, अमेरिका र नेपालबाट कुनै खालको बाधा परेको छैन ।’

कान्तिपुर

Link copied successfully