४० वर्षमुनिका ५०० जनाले दिए स्वतन्त्र उम्मेदवारी

देशभर स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूमध्ये झण्डै आधा संख्या ४० वर्षमुनिको छ ।

माघ ८, २०८२

दया दुदराज

500 people under the age of 40 filed independent candidacies

काठमाडौँ — आसन्न निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये युवाहरूको संख्या उल्लेख्य देखिएको छ। निर्वाचन आयोगका अनुसार देशभर स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूमध्ये झण्डै आधा संख्या ४० वर्षमुनिका छन्।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल १ हजार १ सय ८८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ५ सय जना ४० वर्षमुनिका हुन्। यो कुल स्वतन्त्र उम्मेदवार संख्याको करिब ४२ प्रतिशत हो।

४० वर्षमुनिका ५ सय स्वतन्त्र उम्मेदवारमध्ये ६४ जना महिला छन्। आयोगका अनुसार सबैभन्दा कान्छा उम्मेदवारहरू २५ वर्ष उमेरका छन्।

यस्तो न्यूनतम उमेर समूहबाट १५ जनाले उम्मेदवारी दिएका छन्।

सम्बन्धित समाचार

रास्वपाले उठाएका उम्मेदवारमध्ये ४० प्रतिशत ४० वर्षमुनिका

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully