सरकार र प्रतिवादी दुवै पक्षको बहसमा धरौटी माग गर्ने कि थुनामा पठाउने निर्णय अदालतले सुनाउनेछ ।
What you should know
काठमाडौँ — नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको थुनछेक बहसकाे पेसी तोकिएको छ ।
न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा पेसी तोकिएको हो । शुक्रबार नै बयान भए पनि उक्त दिन हेर्न नमिल्ने न्यायाधीशरुको पेसी परेपछि आइतबारका लागि सरेको थियो । उनीहरुलाई थुनछेक बहसका लागि आज विशेष अदालत उपस्थित गराइएको छ ।
सरकार र प्रतिवादी दुवै पक्षको बहसमा धरौटी माग गर्ने कि थुनामा पठाउने निर्णय अदालतले सुनाउनेछ । अदालतले धराैटी माग गरेमा उनीहरु माग भएअनुसारको रकम बुझाएर रिहा हुनेछन् । यदि पुर्पक्षका लागी थुनामा पठाएमा भने उनीहरु जेल जानेछन् ।
सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।
लामो समयको अनुसन्धानपछि अख्तियारले उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपपत्रमा महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक समृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिबादी बनाइएको छ। ४ जना फरार छन्।
उनीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबर रकम सामुहिक बिगो कायम गरिएको छ।
नागरिक उड्डयनका महानिर्देशक नै अख्तियारद्वारा ‘ग्राउन्डेड’
हेलिपोर्टको अनियमिततामा मुद्दा, पोखरा विमानस्थलको अनुसन्धान अपूरो
