वन्यजन्तुबाट क्षतिको राहत पाउनै सकस

जंगली जनावरबाट भएको क्षतिको राहत पाउने प्रक्रिया जटिल, ढिलो र अनिश्चित हुँदा सर्वसाधारण आजित हुने गरेका छन् ।

मंसिर ४, २०८२

इकान्तिपुर टिम

It is difficult to get relief from damage caused by wildlife.

What you should know

काठमाडौँ — कोशी प्रदेशका हिमाल, पहाड र तराईका जिल्लामा हात्ती, चितुवा, भालु, ढेंढु र बाँदर जस्ता वन्यजन्तुबाट किसानले वर्सेनि ठूलो क्षति बेहोर्दै आएका छन् ।

कतिपयले वन्यजन्तुकाे आक्रमणबाट ज्यानै समेत गुमाएका छन् । जंगली जनावरबाट भएको क्षतिको राहत र क्षतिपूर्ति पाउने जटिल प्रक्रिया र झन्झटिलो प्रावधानका कारण पीडितहरु आजित हुने गरेका छन् । झन्झटिलो प्रक्रियाका कारण पीडित किसान क्षतिपूर्तिबाट बञ्चित हुँदै आएका छन् । त्यसैले धेरैजसो सर्वसाधारणले त राहतको आश मारेर निवेदन समेत दिँदैनन् । 

सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरणका लागि २०६९ मै निर्देशिका जारी गरेको थियो । पुरानो निर्देशिकालाई २०८० मा संशाेधन गरी जंगली जनावरको आक्रमणबाट मृत्यु, घाइते, पशुधन तथा भाैतिक संरचनामा हुने क्षतिमा पीडितलाई प्राप्त हुने राहत रकममा वृद्धि गरिएको छ । यसअघि जंगली जनावरको आक्रमणमा मृत्यु भएको अवस्थामा ५ लाख राहत दिने व्यवस्था थियो । नयाँ निर्देशिका अनुसार मृतक परिवारलाई १० लाख र अङ्गभङ्ग भएका घाइतेलाई ५ लाख रुपैयाँ उपलव्ध गराइन्छ । गम्भीर घाइतेको उपचारमा लागेको खर्च बढीमा २ लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था छ । २ लाखभन्दा बढी खर्च लागेमा अस्पतालको सिफारिससहित नजिकको अस्पतालमा गरिएको आकस्मिक उपचार खर्च प्रदान गरिने निर्देशिकामा उल्लेख छ । सरकारी अस्पतालमा उपचार गराएमा भने सम्पूर्ण खर्च व्यहोर्ने उल्लेख छ ।

वन्यजन्तुले मारेका भौसी, राँगा, गोरु, उन्नत जातका गाई, घोडा, खच्चड, चौरीलगायत पशुधनमा ३० हजारबाट वृद्धि गरी मूल्यांकनका आधारमा अधिकतम ६० हजार रुपैयाँसम्म उपलव्ध गराइन्छ । जंगली जनावरले तोडफोड गरी घर वा गोठमा क्षति पुर्‍याएमा मूल्याङ्कन अनुसार अधिकतम २० हजार रुपैयाँ राहत उपलव्ध गराइने व्यवस्था छ । 

तर, किसानहरु भने राहत तथा क्षतिपूर्तिका लागि भाैतारिनु परेकाे गुनासाे गर्छन् । निवेदन दिनकै लागि धेरै निकाय धाउनु पर्ने र अन्तमा थाेरै रकम पाइने हुँदा राहत भन्दा खर्च बढी हुने गरेकाे गुनासाे गर्छन् । 

साथमा यी पनि

सुनसरीमा हात्तीको उपद्रव

मोरङमा वन्यजन्तु पीडितलाई ६० लाख वितरण

आशैआशमा निरास हुन्छन् पीडित

४५ सय क्षतिपूर्ति पाउन १४ महिना

खोटाङका किसान वन्यजन्तुबाट हैरान

इकान्तिपुर

Link copied successfully