सरकारले वन्यजन्तुकाे आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख र घाइतेलाई २ देखि अढाई लाख रुपैयाँ राहत उपलव्ध गराउँदै आएको छ ।
विराटनगर — मोरङका विभिन्न ग्रामीण बस्तीमा गत वर्ष जंगली हात्तीले उपद्रव मच्चाउँदा ५ जना सर्वसाधारणको ज्यान गयो ।
आर्थिक वर्ष २०८१/०८२ मा मात्रै वन्यजन्तुबाट ६२ जना स्थानीयवासी प्रभावित भए ।
डिभिजन वन कार्यालय मोरङका अनुसार हात्तीको आक्रमणबाट मानवीयसँगै भौतिक क्षति पनि तीव्र भयो । बालीनाली, घरगोठ, अन्नभण्डारणको क्षतिवापत सरकारले त्यो वर्ष करिब ६० लाख रुपैयाँ राहत रकम उपलव्ध गराएको वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जनाए ।
कार्यालयका अनुसार बाली क्षतिवापत ४ लाख ६३ हजार, भण्डारण अन्न र घरगोठ क्षतिवापत १ लाख ९० हजार, घरगोठ क्षतिवापत १ लाख १० हजार, वाली क्षति र घरगोठ क्षतिवापत ५९ हजार ८ सय ८९, भण्डारण अन्न क्षतिवाफत २० हजार राहत वितरण गरिएको छ ।
सरकारले वन्यजन्तुकाे आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख र घाइतेलाई २ देखि अढाई लाख रुपैयाँ राहत उपलव्ध गराउँदै आएको छ । जसअनुसार ५ जना मृतक परिवारका लागि ५० लाख र १ जना घाइतेका लागि २ लाख समेत उपलव्ध गराइएको छ ।
