गजुरीबाट समातिए ९७ कैदीबन्दी

नियन्त्रणमा लिएका सबैलाई नुवाकोट कारागारमा पठाइएको धादिङ प्रहरीका एसपी भेषराज रिजालले बताए ।

भाद्र २७, २०८२

काठमाडौं —
काठमाडौंको केन्द्रीय कारागार, नख्खु, भद्र, भीमभेदी कारागारबाट भागेका ९७ जनालाई प्रहरीले धादिङको गजुरीबाट नियन्त्रणमा लिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएका सबैलाई नुवाकोट कारागारमा पठाइएको धादिङ प्रहरीका एसपी भेषराज रिजालले बताए ।

पृथ्वी राजमार्गमा सञ्चालन भएका सवारी साधन गजुरीमा चेकिङका क्रममा उनीहरू प्रक्राउ परेको उनले जनाए । गजुरीस्थित भैरव गणमा राखेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा नुवाकोट पठाइएको हो । धादिङ कारागारबाट कैदीहरू नभागेको प्रहरीले प्रस्ट पारेको छ ।

 


Link copied successfully