प्रदर्शनकारीलाई लखेट्न सडकमा निस्कियो प्रहरी

संसद् भवनका दुवै गेटमा अब प्रहरीको सुरक्षा तैनाथ भएको छ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदर्शनकारीले सशस्त्र प्रहरीको एम्बुलेन्स र अन्य सवारी साधनमा तोडफोड गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएको छ। 

यसअघि प्रदर्शनकारीले संसद् भवन घेराउ गरेपछि संसद् भवनभित्रबाट सुरक्षा गरिरहेको प्रहरी अहिले बाहिर निस्किएर प्रदर्शनकारीलाई भगाएका हुन्। संसद् भवनका दुवै गेटमा अब प्रहरीको सुरक्षा तैनाथ भएको छ। 

कान्तिपुर

Link copied successfully