यातायात व्यवस्था विभागको पार्किङमा रहेको सवारी साधनमा तोडफोड गरी आगजनी गरेका हुन्।
काठमाडौँ — प्रदर्शनकारीहरूले संसद् भवन परिसरमा सवारी साधन र एम्बुलेन्सहरूमा आगलागी र तोडफोड गरेका छन्।
भवनसँगै रहेको यातायात व्यवस्था विभागको पार्किङमा रहेको सवारी साधनमा तोडफोड गरी आगजनी गरेका हुन्। त्यस्तै, प्रदर्शनकारीहरूले संसद् भवनको गेट नजिकै सशस्त्र प्रहरीको एम्बुलेन्समा पनि आगजनी गरेका छन्।
संसद् भवनको गेटबाहिर रहेका सुरक्षा पोष्टहरूमा पनि आगलागी गरेका छन्।
