उपसभामुखलाई हटाउने कांग्रेस–एमाले तयारी : दाहाल–कोइरालाबीच फोन संवाद

दाहालले उपसभामुख हटाउँदा संसदीय प्रणालीमा असर पर्ने भन्दै यो रोक्नु उचित हुने बताएका थिए ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Congress-UML preparation to remove Deputy Speaker: Phone conversation between Dahal-Koirala

काठमाडौँ — सत्ता गठबन्धन कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन सुरु गरेपछि माओवादी अध्यक्ष दाहालले कांग्रेस नेता शेखर कोइरालासँग टेलिफोन संवाद गरेका छन् ।

सिंहदबारमा विपक्षी दलको बैठक बस्नुअघि दुई नेताबीच कुराकानी भएको थियो । 

दाहालले उपसभामुख रानालाई हटाउनु गलत हुने भन्दै कोइरालाको भूमिका महत्त्वपूर्ण हुने सुझाव दिएको दाहाल निकट स्रोतले बताएको छ ।

नेता कोइरालाले उपसभामुख हटाउनेबारे दाहालले आफूसँग जिज्ञासा राखेको जानकारी दिए । ‘अहिले आएर उपसभामुख किन हटाउन खोजेको हो ? भनेर प्रचण्डजीले फोन गर्नुभएको थियो,’ उनले भने, ‘यो प्रक्रियामा म सहमत छैन भनेँ ।’

दाहालले उपसभामुख हटाउँदा संसदीय प्रणालीमा असर पर्ने भन्दै यो रोक्नु उचित हुने बताएका थिए । कोइरालाले उपसभामुख हटाउनेबारे आफूलाई जानकारी नभएको भन्दै उनलाई हटाउन नहुनेमा पूर्ववत् अडान कायम रहेको बताएका थिए ।

कान्तिपुर

Link copied successfully