भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलको यो नतिजापछि नेपालको छनोट सम्भावना कायम रह्यो, तर यो सम्भावना आफैँमा कठिन भने रहेको छ ।
What you should know
काठमाडौँ — यू–२० एएफसी एसियन कप छनोटमा साउदी अरेबियामाथि नेपालको जित, सौर्यले प्राविधिकलाई यात्रुसरह बिमा दिलाउने भएपछि परिवारको आपत्ति, घुससहित पक्राउ परेका कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो लगानीदेखि गाजा सहर कब्जा गर्ने इजरायलको घोषणा, सुरक्षा मन्त्रिपरिषद्ले दियो स्वीकृतिसम्मका खबर चर्चामा रहे ।
००००
नेपालले यू–२० एएफसी एसियन कप छनोटमा शुक्रबार साउदी अरेबियालाई १–० ले हराएको छ र यो कठिन जित सावित भयो। सब्स्टिच्युट सुक्रिया मियाँले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरिन्। पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले खेलको एक मात्र गोल गरिन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलको यो नतिजापछि नेपालको छनोट सम्भावना कायम रह्यो, तर यो सम्भावना आफैँमा कठिन भने रहेको छ ।
००००
काठमाडौंमा एक वर्षअघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका प्राविधिक कर्मचारीको ‘क्षतिपूर्ति भुक्तानी’ विभेद गरिएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् । ‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई विमाबापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५० हजार अमेरिकी डलर ९७० लाख रुपैयाँ हाराहारी० र अन्यलाई यात्रुले पाउने २० हजार अमेरिकी डलर ९करिब २८ लाख रुपैयाँ० मात्र दिइने भएपछि उनीहरू असन्तुष्ट बनेका हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा घुस रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धि मुद्दा दायर गरेको हो। आयोगको टोलीले साहलाई गत असार ३२ गते नगरपालिकाको वडा नं। ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
००००
३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पीआरओआर) आयोजना निर्माण गर्न लगानी जुटेको छ । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण गर्नेछ ।
००००
इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको हो । इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा(योजनालाई शुक्रबार बिहान स्वीकृति दिएको हो ।
