साउदी अरेबियामाथि नेपालको कठिन जित

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलको यो नतिजापछि नेपालको छनोट सम्भावना कायम रह्यो, तर यो सम्भावना आफैँमा कठिन भने रहेको छ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Nepal's tough win over Saudi Arabia

काठमाडौँ — नेपालले यू–२० एएफसी एसियन कप छनोटमा शुक्रबार साउदी अरेबियालाई १–० ले हराएको छ र यो कठिन जित सावित भयो। सब्स्टिच्युट सुक्रिया मियाँले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरिन्।

पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले खेलको एक मात्र गोल गरिन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलको यो नतिजापछि नेपालको छनोट सम्भावना कायम रह्यो, तर यो सम्भावना आफैँमा कठिन भने रहेको छ।

अब नेपालको तेस्रो तथा अन्तिम खेल उत्तर कोरियाविरुद्ध रहेको छ । यो जितपछि नेपालको दुई खेलबाट चार अंक भएको छ ।

लगातार दोस्रो हारपछि साउदी अरेबिया शून्य अंकमै रह्यो । नेपालले यसअघि भुटानसँग पनि बराबरी खेलेको थियो । भुटानको एक अंक रहेको छ । शुक्रबारकै दोस्रो खेलमा उत्तर कोरियाले भुटानको सामना गर्नेछ र उसको तीन अंक छ । त्यसमा जित निकाल्दै बलियो उत्तर कोरियाले आफ्नो छनोट सम्भावना बलियो बनाउन सक्नेछ ।

त्यस अगाडि नेपालका लागि मीना देउवा पेनाल्टीबाट गोल गर्न चुकिन । खेलको ३७ औं मिनेटमा मनीषा सेनलाई साउदी अरेबियाकी वास्माह अल्सनाइफले लडाएपछि नेपालले पेनाल्टी पाएको हो । तर त्यसमै मीनाको प्रहार भने पोस्टमा लागेर फर्केको थियो ।

कान्तिपुर

Link copied successfully