सरकारलाई बजेट प्रस्तुत गर्न दिन माओवादी सकारात्मक

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Maoist positive to let the government present the budget

काठमाडौँ — माओवादी अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संवैधानिक प्रावधानअनसुार आगमी आर्थिक वर्षको बजेट दिनेमा आफ्नो दल सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच बुधबार भएको टेलिफोन संवादमा उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने उल्लेख गर्दै बजेट प्रस्तुत गर्ने सम्बन्धमा भने सकरात्मक रहेको स्रोतको भनाइ छ । 

‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयनै जोडिएको हुनाले राजीनामा दिनुपर्छ । यसमा तलमाथि हुँदैन,’ दाहालको भनाइ थियो, ‘संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्नेबारे भने हामी सकारात्मक छौं ।’ दाहालले बजेटअघि नै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर सहज वातावरण बनाउनु उपयुक्त हुने बताए ।

कान्तिपुर

Link copied successfully