राप्रपा सांसद कार्कीको कटाक्ष : कांग्रेस सांसदहरू प्रधानमन्त्री खोज्न जानुभयो कि गभर्नर खोज्न ?

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

RPP MP Karki's sarcasm: Did the Congress MPs go to look for the Prime Minister or the Governor?

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले कांग्रेस सांसदहरूको उपस्थिति संसद्‍मा कम रहेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसद्‍मा कम रहेको बताइन् । । 

‘आज त नेपाली कांग्रेसका माननीयज्युहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ,’ उनले भनिन् । 

कान्तिपुर

Link copied successfully