काठमाडौँ — यूएन वुमनकी नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज प्याचेकोले नेपालले ३० वर्षअघिको चुनौती अझै उस्तै रहेको बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपको नारी म्यागजिनले बुधबार आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भिक नारी : नेतृत्वमा नारी शक्ति’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
नेपालमा प्रगति ढिलो र असमान भएकाले कुनै पनि विषयमा उल्लेख्य प्रगति नभएको उनले बताइन् । '३० वर्षअघिभन्दा जलवायु परिवर्तन, अनलाइन दुर्व्यवहारजस्ता समस्याले थप चुनौती थपिएको छ,' उनले भनिन्, ‘प्रगति नभएको भन्न मिल्दैन तर प्रगति निकै ढिलो र असमान छ । राजनीतिक परिवर्तन छ तर पर्याप्त छैन ।’
