नेपालमै बसेर काम गर्ने सोच छ : सिल्भिया सिञ्जाली मगर

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Thinking of staying and working in Nepal: Sylvia Sinjali Magar

काठमाडौँ — धेरै युवाहरु विदेश गएर नफर्किने ट्रेन्ड बढ्दो छ । तर काठमाडौं वर्ल्ड स्कुल कक्षा ११ मा अध्ययनरत छात्रा सिल्भिया सिञ्जाली मगरलाई भने नेपालमै बसेर काम गर्ने रहर छ ।

ब्याचलर नेपालमै अध्ययन गरेर मास्टर्सका लागि भने विदेशमा गर्ने योजनामा छन् उनी । उनी भन्छिन्,‘मास्टर्स विदेशमा अध्ययन गर्ने योजना छ,यसले अन्तर्रराष्ट्रिय स्तरमा एक्सपोजर र ज्ञानको लागि पनि विदेशमा नै अध्धयन गर्न चाहन्छु तर अध्ययनपश्चात भने नेपालमै फर्किन्छु ।’

पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगले पनि अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्न आवश्यक रहको उनले बताइन् । अहिलेको समयमा आइपुग्दा किशोरीहरु बोल्ड हुँदै गएको बताउँदै उनले आफ्ना विचारहरु सहजै राख्न सक्ने बताइन् ।

निर्भिक नारी

कान्तिपुर

Link copied successfully