नेपाली महिलाको कमाइ पुरुषकोभन्दा दुई तिहाइ कम छ : प्याट्रिसिया फर्नान्डेज प्याचेको

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Nepali women's earnings are two-thirds less than men's: Patricia Fernandez Patcheco

काठमाडौँ — यूएन वुमनकी नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज प्याचेकोले नेपाली महिलाहरुको कमाइ पुरुषकोभन्दा दुई तिहाइ कम रहेको बताएकी छन् ।

कान्तिपुर मिडिया ग्रुपको नारी म्यागजिनले बुधबार आयोजना गरेको पाचौं संस्करणको ‘निर्भिक नारी : नेतृत्वमा नारी शक्ति’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

नेपाली महिलाहरुको सामाजिक, आर्थिक स्थितिको स्तर माथि उठ्न नसकेको कारण उनीहरुको बाहिरी कामहरुमा संलग्नता कम भएको प्याचेले बताइन् । ‘९० प्रतिशत महिलाहरु अनौपचारिक काममा लागेका छन् । आर्थिक कमाइ नहुने काममा अधिकांश महिलाहरु छन् । महिलाहरुको कमाइमा पनि पुरुषकोभन्दा दुई तिहाइ कम छ,’ उनले भनिन्,‘मात्र ११ प्रतिशत महिलाहरु इकमर्स प्रयोगकर्ता छन् ।’ 

त्यस्तै बाल विवाह, शिक्षामा असमान पहुँच, छुवाछुत जस्ता समस्या महिलाको प्रगतिको बाधक बनेको उनले बताइन् । महिलाले चढ्ने भर्याङ भाँचिएको उनले बताइन् ।

निर्भिक नारी

कान्तिपुर

Link copied successfully