काठमाडौँ — यूएन वुमनकी नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज प्याचेकोले विश्वभरि नै महिलाहरुलाई राजनीतिमा टिकिरहन गाह्रो हुने बताएकी छिन् ।
कान्तिपुर मिडिया ग्रुपको नारी म्यागजिनले बुधबार आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भिक नारी : नेतृत्वमा नारी शक्ति’ कार्यक्रमको तेस्रो सत्र ‘कूटनितिज्ञको आँखामा नेपाल’मा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘सन् २०२३ मा ३६ जना महिलाहरु देशको शीर्ष नेतृत्वमा थिए जुन विश्वको १८ प्रतिशत हो । तर वर्षको अन्तिममा आइपुग्दा मात्र ३१ जना महिला शीर्ष नेतृत्वमा रहन सके,’ उनले भनिन् ।
त्यस्तै, उनले नेपालमा महिलाले सामाजिक मूल्य मान्यतले पछि पर्ने गरेको बताइन् । नेपालमा २०१७ सालमा आएको राजनीतिक पहुँच पनि अहिले खस्किएको उल्लेख गरिन् ।
