शिक्षक आन्दोलन सम्बोधन गर्ने मन्त्रीको मार्गचित्र अलपत्र

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

The minister's roadmap to address the teachers' movement is still in limbo

काठमाडौँ — शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । जसका कारण शिक्षक आन्दोलन सम्बोधन गर्ने मन्त्री भट्टराईको मार्गचित्र अलपत्र परेको छ ।

शिक्षामन्त्रीको प्रस्ताव

विद्यालय शिक्षा विधेयक आगामी संसद् अधिवेशनबाट पास गर्ने । शिक्षकहरू जिल्ला फर्कने, एसईईको कापी जााच्ने, कक्षा १२ को परीक्षा सञ्चालन गर्ने, आन्दोलन सांकेतिक रूपमा मात्र गर्ने गरी माग पूरा गराउन शिक्षा मन्त्रालयले तयार पारेको सातबुादे प्रस्ताव मन्त्रिपरिषद्बाट पास गर्ने ।

अर्थमन्त्रीको अडान

सेवा सुविधाका माग सम्बोधन गर्दा आर्थिक दायित्व बढ्ने भएकाले अर्थ मन्त्रालयको सहमति चाहिने प्रधानमन्त्रीको भनाइपछि शिक्षामन्त्री र अर्थमन्त्रीबीच भेट । शिक्षामन्त्रीको प्रस्तावअनुसार सहमति भए आर्थिक स्रोतले धान्न नसक्ने अर्थमन्त्रीको जवाफपछि विवाद ।

प्रधानमन्त्रीको उपेक्षा

आन्दोलन तीन साता पुग्न लाग्दा शुक्रबार बेलुका शिक्षक महासंघ प्रतिनिधिलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए । एमाले नेता कर्णबहादुर थापाले संयोजन गरेको यो भेटघाटमा शिक्षामन्त्रीलाई बोलाइएन । शिक्षकका माग सम्बोधन गर्नेमा जिम्मा लिनुको सट्टा प्रधानमन्त्रीले सभामुखसाग पनि छलफल गर्न भने । शिक्षकहरू राति १२ बजे सभामुखकहाा पुगेका थिए । तर सरकारसागको सहमतिबारे सभामुखले बोल्न सकेनन् । 

The minister's roadmap to address the teachers' movement is still in limbo

आन्दोलनप्रति प्रधानमन्त्रीको कटाक्ष

प्रगतिशील प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न सोमबार कीर्तिपुर पुगेका प्रधानमन्त्रीले शिक्षकहरूप्रति कटाक्ष गर्दै फेरि भने, ‘ऐन पास हामीले गर्‍यौं भनेर जस लिन यहाा बस्नु पर्दैन, फर्किए हुन्छ, राज्यले धान्ने माग पूरा गर्छ ।’ उता शिक्षा मन्त्रालयले अनलाइनबाटै आइतबार नै प्रस्ताव क्याबिनेटमा पठाएको थियो । सोमबार क्याबिनेटअघि प्रधानमन्त्री सकारात्मक नभएपछि राजीनामा दिएर हिाडिन् । स्वास्थ्यका कारण हो भनिएको छ । 

मन्त्रीको प्रस्ताव अलपत्र

मन्त्रिपरिषद्बाट पारित गराउने गरी शिक्षा मन्त्रालयले पठाएको सातबुादे प्रस्तावबारे प्रधानमन्त्रीसाग छलफल गर्न शिक्षामन्त्री सोमबार अपराह्न बालुवाटार पुगिन् । तर आर्थिक स्रोतले नधान्ने भन्दै प्रधानमन्त्री सहमत भएनन् । मन्त्री भट्टराई बालुवाटारमै राजीनामा बुझाएर आफ्नो निजी निवास चाबहिलतर्फ लागिन् । 

मन्त्रिपरिषद्मा छलफल नै भएन

सााझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले शिक्षामन्त्रीको राजीनामाबारे जिज्ञासा राखेका थिए । तर प्रधानमन्त्री ओलीले आफूलाई ‘जानकारी नभएको’ बरु शिक्षमन्त्री अलिक अस्वस्थ रहेको बताए । शिक्षक आन्दोलन र शिक्षा मन्त्रालयले पठाएको एजेन्डामाथि बैठकमा कुरै भएन । 

असहमति पहिल्यैदेखि

त्रिविका तत्कालीन उपकुलपति केशरजंग बराललाई काम गर्न दिन, उनलाई बोलाएर राजीनामा फिर्ता लिन लगाउन शिक्षामन्त्रीको पहल थियो । तर प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरिदिए । त्यस्तै त्रिविको जग्गाको खोजबिन गर्न गठित समितिको प्रतिवेदन पनि मन्त्रीले सार्वजनिक गर्न आग्रह गरेकी थिइन् । तर प्रधानमन्त्रीले न त्यो प्रतिवेदन सार्वजनिक गरे, न शिक्षा मन्त्रालयलाई दिए । 

शिक्षक आन्दाेलन

कान्तिपुर

Link copied successfully