चार दिनदेखि काठमाडौंको वायु गुणस्तर ‘निकै प्रदूषित’ तहमा

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Kathmandu's air quality has been at the 'highly polluted' level for four days

काठमाडौँ — लगातार चार दिनदेखि काठमाडौंको हावा प्रदूषित बनेको छ । चैत १७ आइतबारदेखि २० बुधबारसम्म काठमाडौंको हावाको गुणस्तर तह ‘निकै प्रदूषित’ तहमा रहेको छ । 

चैत १७ गते आइतबार काठमाडौंको वायु गुणस्तर २११ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) रहेको थियो । यस्तै चैत १८ गते सोमबार २३२, चैत १९ गते मंगलबार २२३ र चैत २० गते बुधबार (चार बजे) २४७ एक्यूआई पुगेको हो । काठमाडौंको वायुको गुणस्तर लगातार दुई सय एक्यूआई पुगेसँगै बुधबार पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । 

यसले अहिले आँखा पोल्ने र वायुमण्डल धुलोका कणहरू जमेर सेतो तुवाँलो देखिएको छ । काठमाडौंको वायु लगातार प्रदूषित बनेपछि वातावरण विभागले घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अनुरोधसमेत गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully