तीनकुनेका घरमा राजावादी प्रदर्शनीकारीले गरे तोडफोड र आगजनी

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Royalist protestors vandalized and set fire to a house in Tinkune

काठमाडौँ — राजावादी प्रदर्शनकारीले काठमाडौंको तीनकुनेमा घरहरू तोडफोड र आगजनी गरेका छन् । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । उनीहरूले तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाएका हुन् ।

तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

 नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

कान्तिपुर

Link copied successfully