तीनकुनेमा राजावादीको प्रदर्शन : प्रहरीसँग झडप, स्थिति तनावग्रस्त [तस्बिरहरू]

चैत्र १५, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]

काठमाडौँ — काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]

विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]

प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए । राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो ।

Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]
Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]
Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]
Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]
Demonstration of royalists in Tinkune: clash with police, situation tense [photos]

तस्बिर : हेमन्त श्रेष्ठ श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully