आगो निभाउन गएको दमकलमाथि राजावादी प्रदर्शनकारीले गरे ढुंगामुढा

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Royalist protesters threw stones at the fire engine that went to extinguish the fire

काठमाडौँ — तीनकुनेमा राजावादी प्रदर्शनकारीले दमकलमाथि पनि आगजनी गरेका छन् । तीनकुनेस्थित एक व्यक्तिको घरमा आगजनीपछि निभाउन गएको दमकलमाथि प्रदर्शनकारीले आक्रमण गरेका हुन् । तीनकुनेस्थित एक घरमा उनीहरूले सिसा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । 

१ घण्टाभन्दा बढी भइसक्दासमेत दमकल आगो निभाउन जान सकेको छैन ।  तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

कान्तिपुर

Link copied successfully