आज देश-दुनियाँमा के-के भयो ?

माघ १८, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — आफूले भ्रष्टाचार गरेको एउटा प्रमाण भए ल्याउन प्रधानमन्त्रीको चुनौती, प्रधानमन्त्रीकै वरिपरिकाले नै भ्रष्टाचार गरिरहेकको राप्रपा अध्यक्षको जवाफदेखि गायिका चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दासम्मका समाचार आज चर्चामा रहे । 

०००

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नगर्ने र गर्न नदिने काममा लागेको बताएका छन् । उनले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती समेत दिए । 'हावादारी कुराहरू बजारमा छरेको पाइयो । स्विजरल्यान्डको बैंकमा यति डलर श्रीमतीका नामा लुकाएर राखेको छ । टेलिकममा यति लुकाएर राखेको छ ।  

०००

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नै भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको बताएका हुन् ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् । शुक्रबार रास्वपाका १५ सासंदसहित सभामुख घिमिरेलाई भेट्न पुगेका लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्म नरहेको बताएका थिए ।  

०००

३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कैलालीका २२ वर्षफय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन् ।  

०००

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा आंशिक लगानी जुटेको छ । कुमारी बैंकको नेतृत्वमा ३ वटा बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो । आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिदार्थ बैंक लिमिटेडको संयुक्त लगानी हुने गरी ऋण सम्भौता भएको हो । 

०००

गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गराएकी हुन् । गत वैशाखमा विवाह गरेर उनी पति विष्णुसँग अस्ट्रेलियामा बस्न थालेकी थिइन् । तर अस्ट्रेलियामा रहँदा कार्यक्रममा भाग लिन जाँदा विभिन्न शंका गरेर पतिले मानसिक दबाब दिएको उनले अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully