गायिका चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Singer Chauhan filed a divorce case against her husband

काठमाडौँ — गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गराएकी हुन् ।

गत वैशाखमा विवाह गरेर उनी पति विष्णुसँग अस्ट्रेलियामा बस्न थालेकी थिइन् । तर अस्ट्रेलियामा रहँदा कार्यक्रममा भाग लिन जाँदा विभिन्न शंका गरेर पतिले मानसिक दबाब दिएको उनले अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

एलिनाले यसरी आफ्नो चरित्रमाथि शंका उपशंका गरेर सम्बन्धअगाडि नबढ्ने भन्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले अंश तथा माना चामल नलिने गरी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।

फिरादपत्रमा उल्लेख गरेकी छन्, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’ 

पति विष्णुसँगको सम्बन्धमा दरार आएपछि एलिना नेपालमै रहन थालेकी छन् । उनका ‘के माया लाग्छ र’, ‘कट्टा हान्दिन्छु’ लगायतका गीत चर्चित छन् ।

कान्तिपुर

Link copied successfully