प्रधानमन्त्री ओलीको चुनौती : कसैसँग दम छ भने मैले भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् 

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli's challenge: If anyone has asthma, bring one thing that I have done corruptly

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नगर्ने र गर्न नदिने काममा लागेको बताएका छन् । उनले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती समेत दिए । 

'हावादारी कुराहरू बजारमा छरेको पाइयो  । स्विजरल्यान्डको बैंकमा यति डलर श्रीमतीका नामा लुकाएर राखेको छ । टेलिकममा यति लुकाएर राखेको छ । तिनै कराइरहेका  सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मान्छेहरू छन् । यस्ता हावादारी कुरा गरेको देख्दा सरकारका काममा आलोचना गर्ने ठाउँ रहेनछ,’ उनले भने ।

त्यस्तै आफू र परिवारका सदस्यले भ्रष्टाचार गरेको भनेर कपोलकल्पित तरिकाले भ्रम फैलाइएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।  ‘दुनियाँको अघि उभिएर भन्न चाहन्छु । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् ।  सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु । प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ । सरकार गल्ती गर्दैछ भनेर । तर चरित्र हत्या गर्ने गर्न लागि यस्ता झुठा, कपोकल्पित, निराधार हुनै नसक्ने अफवाह फैलाउनु यो संसदीय प्रणाली, लोकतान्त्रिक प्रणाली  र हाम्रो राजनीतिक दलहरूको मर्यादा गरिमाविपरीत छ ,’ उनले भने । 

कान्तिपुर

Link copied successfully