विमानस्थल सञ्चालन गर्न नसक्दा गण्डकीले थुप्रै चुनौती व्यहोरिरहेको छ : मुख्यमन्त्री पाण्डे

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Gandaki is facing many challenges due to not being able to operate the airport: Chief Minister Pandey

काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न संघ र प्रदेश सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले पोखरामा गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दा गण्डकीले थुप्रै चुनौती व्यहोरिरहेको बताए।

विकासका क्रममा कनेक्टीभीटी सबैभन्दा महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्री पाण्डेले सडक कनेक्टीभीटी चुनौती र कष्टकर रहेको बताए । ‘सडक कनेक्टीभीटी चुनौती र कष्टकर छ, हवाई यातायात कहिले मौसमका कारण त कहिले व्यवस्थापनका कारण समयमै यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन्,’ उनले भने, ‘गण्डकीमा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि सञ्चालन गर्न नसक्दा थुप्रै चुनौती व्यहोरिरहेका छौं ।’ गण्डकी प्रदेशले चाहेर मात्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने उनको भनाई छ । 

छिमेकी मुलुक भारत र चीनबाट गण्डकीमा उच्चस्तरिय भम्रण भइरहँदा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नेबारे छलफल गरिरहेको समेत मुख्यमन्त्री पाण्डेले बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कुरा र सहयोगका लागि आफ्नो क्षेत्रबाट गर्नुपर्ने धेरै कार्यहरु गरिरहेका छौं, तर पनि हामीले नियमित रुपमा सञ्चालन गर्न सकिरहेको छैन,’ उनले भने, ‘विमानस्थल सञ्चालन गरेर गण्डकी प्रदेशमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि छिट्टै सुविधाजनक कनेक्टीभीटीको सुरुवात हुनेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully