संघीयता अगाडि बढाउने हो भने प्रहरी समायोजन गर्नैपर्छ : पूर्वउपप्रधान तथा माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठ 

माघ ९, २०८१

कान्तिपुर संवाददाता

If federalism is to be advanced, the police must be adjusted: Former Deputy Prime Minister and Vice Chairman of the Maoist Center Shrestha

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकले संघीयतालाई अगाडि बढाउने हो भने प्रहरी समायोजन गर्नुपर्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको 'गन्तव्य गण्डकी'को ‘संघीयता : भार कि अधिकार ?’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा आफू गृहमन्त्री हुँदा प्रहरी समायोजनको काम अगाडि बढेको तर त्यसलाई पूरा गर्न नपाउँदै बिदा हुनुपरेको बताए ।

‘नेपालका सबै प्रमुख पार्टीको नेतृत्वसम्मत गृहमन्त्री हुँदा प्रहरी समायोजनबारेको छलफल गरेको थिएँ । कहीँबाट सहमति भएन । प्रधानमन्त्रीसँग अनुरोध गरी राष्ट्रिय समन्वय परिषद्को बैठकमा कसरी हामीले प्रहरी समायोजन गर्दैछौं भनेर ब्रिफ गरेँ र त्यहाँ सहमति जुट्यो,’ उनले भने, ‘त्यसपछि प्रहरी समायोजनको वर्क क्यालेन्डर अपडेट कसरी गर्ने भनेर क्यालेन्डर बनायौं  । प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउनलाई त्यहाँको सह–सचिवको नेतृत्वमा एउटा कमिटी पनि बन्यो र त्यसले प्रक्रिया अगाडि बढाउँदै  गर्दा दुर्भाग्यवश म मन्त्रालयबाटै बिदा हुनुपर्‍याे ।’

त्यसपछि यो प्रक्रिया त्यत्तिकै अड्किएको पनि उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully