संघीयताको विकल्प खोज्न सकिँदैनः अर्थमन्त्री पौडेल

माघ ९, २०८१

कान्तिपुर संवाददाता

An alternative to federalism cannot be found: Finance Minister Poudel

काठमाडौँ — मुलुकमा संघीयता कार्यान्वयन धेरै अघि बढिसकेकाले अब त्यसको विकल्प खोज्न नसकिने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको अन्तिम सत्र ‘संघीयता भार कि अवसर ?’ मा बोल्दै अर्थमन्त्री पौडेलले संघीयता भार नभइ अवसर भएको बताएका हुन् ।

‘संघीयता भार नभइ अभिभारा हो । संघीयता कार्यान्वयनको धेरै महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छौं । संघीयतालाई झनै प्रभावकारी बनाउन बाँकी छ । यद्यपि यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि संघीयता प्रभावकारी बनाउन धेरै काम गर्नुपर्नेछ,’ उनले भने, ‘यसकारण संघीयताको बाँकी काम पूरा गर्ने अभिभाराका लागि संघीयतालाई बुझ्न आग्रह गर्दछु ।’ 

सिहंदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउनका लागि संघीयता लागू गरिएको र यसकारण संघीयताको विकल्प खोज्न नसकिने उनको भनाइ थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully