काठमाडौँ — उद्योगी निरञ्जन श्रेष्ठले अबको २० वर्षपछि पाइने नतिजाका लागि आजैदेखि लगानी गर्नुपर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले अबको २० वर्षपछि उपलब्धि हुने कुरालाई आजैदेखि लगानी गर्नुपर्ने बताएका हुन् ।
श्रेष्ठले अबको २० वर्षपछि पाइने नतिजाको लागि आजैदेखि लगानी गर्नुपर्ने बताएका छन् ।
‘आजभन्दा २० वर्षअघिको नीतिले गर्दा यहाँ छौँ । आजभन्दा २० वर्षपछि हुने कुरालाई आज सुरु गरौँ,’ तेस्रो सत्र ‘शिक्षा, स्वास्थ्य र रोजगार’ मा उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो समृद्धिको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’
उनले शिक्षा, स्वास्थ्य र रोजगारले नेपालको समृद्धि दिने उनको भनाइ छ ।
‘यसमा १६ वर्षभन्दा माथिको उमेर समूहकाले उद्योग सुरु गर्न सक्छ, स्टार्टअप हुन सक्छ वा उसले राम्रो रोजगारी पाउँछ,’ उनले थप भने, ‘उसले चाहेको रोजगारी, उसले रोजेको जस्तो र आर्थिक रूपमा सम्पन्न हुने आधार हो यो ।’
