काठमाडौँ — आज स्वास्थ्य बिमा सेवाका लागि हरेक तहमा सेवाप्रदायक संस्था रहने, सरकारसँग जनता खुसी नभएको माओवादी अध्यक्ष दाहालको भनाइदेखि मकर संक्रान्ति र माघी पर्वको रौनकसम्मका समाचार चर्चामा रहे ।
000
स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
000
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन् ।
000
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गरे ।
000
काठमाडौंमा माघीको रौनक [तस्बिरहरू]
000
गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता जारी छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले युद्धमा पहिलोपटक इजरायल र हमासका प्रतिनिधिहरूले एउटै भवनमा अप्रत्यक्ष वार्ता गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।
