काठमाडौँ — काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले मंगलबार विशेष उत्सवका रूपमा माघे संक्रान्ति मनाएको छ । उनीहरूले टुँडिखेलमा सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै संक्रान्ति मनाएका हुन् । भृकुटीमण्डपमा भेला भई मगर पोसाकमा विभिन्न झाँकीसहित उनीहरू टुँडिखेल पुगेका थिए ।
मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरूलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वका रूपमा मानेका छन् । विशेषगरी गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरूले यसरी मनाएको पाइन्छ ।
![Maghe Sankranti of Magar Community in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maghesakaratimagarcommunity07-1412025101931-1000x0.jpg&w=1001&h=0)
![Maghe Sankranti of Magar Community in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maghesakaratimagarcommunity15-1412025102103-1000x0.jpg&w=1001&h=0)