गोरुको घम्साघम्सी [तस्बिरहरु]

माघ १, २०८१

हरिराम उप्रेती

Bull Roar [Photos]

गोरखा — माघे संक्रान्ति पर्वको अवसरमा भएको गोरु जुधाई प्रतियोगिता हेर्न शहिद लखन गाउँपालिका–६ घैरुङस्थित पिपलछाप मैदान मंगलबार भरिभराउ थियो । किसानहरु आफ्ना गोरुलाई मैदान प्रवेश गराउन हानथापमा थिए । पाँच महिनादेखि ‘तिल्के’ गोरुलाई ढुठो, पिठो खुवाएर बलियो बनेको गोरु जुधाउन तयारी अवस्थामा शहिद लखन–६ का एकनारायण श्रेष्ठ भेटिए ।

Bull Roar [Photos]

‘माघे संक्रान्तिको दिन गोरु जुधाउने प्रतियोगिता हेर्न कहाँ/कहाँबाट मान्छे आएका छन्, यहाँ आएका मान्छेलाई देखाउन गोरु जुधाउन आएको हुँ,’ उनले भने,‘गोरु जुधेको हेर्नुको मज्जा नै बेग्लै छ ।’ हरेक वर्षको माघे संक्रान्तिका दिन पिपलछापमा जुधाउनका लागि गोरुलाई पहिलेदेखि नै तयारी गर्ने गरिएको उनले सुनाए । ‘यसलाई ढुठो, पिठो खुवाएर बलियो बनाएका छौं,’ उनले भने ।

Bull Roar [Photos]
Bull Roar [Photos]

पिपलछापमा मंगलबार ९ हल गोरु जुधाइएको थियो । गोरु जुधाएको हेर्न युवादेखि पाका पुस्तासम्म पिपलछाप पुगेका थिए । पिपलछापमा भेटिएका रनबहादुर थापा गोरु जुधाएको हेर्नमा व्यस्त देखिन्थे । पुस्तौंदेखि किसानीमा रमेका थापा जुधाउँदा कुन गोरु बलियो रहेछ भन्ने पनि थाहा हुने बताउँछन् । ‘गोरुको जात जितार हुन्छ, आफ्नो ताकतअनुसार जुध्न छाड्दैन,’ उनले भने ।

Bull Roar [Photos]
Bull Roar [Photos]

पिपलछापमा ‘ए’ र ‘बी’ ग्रेडमा छुट्टाइएको ९ हल गोरु मंगलबार दिनभर जुधाइयो । गोरु जुधाई प्रतियोगितामा भाग लिन धादिङको ज्वालामुखी गाउँपालिकादेखिका किसान गोरु लिएर पिपलछाप पुगेका थिए । ‘ए’ ग्रेडअन्तर्गत गोरखा फुजेलका तुलसी ढकाल र ज्वालामुखी गाउँपालिकाका अनिश परियारको गोरु जुधाइएको थियो । प्रतियोगितामा अनिशको गोरु विजेता बनेको छ ।

Bull Roar [Photos]
Bull Roar [Photos]

त्यस्तै गण्डकी गाउँपालिकास्थित फुजेल कौदी र धादिङ ज्वालामुखी गाउँपालिका ठाकुरप्रसाद काप्रीको गोरु जुधाइएको छ । उक्त प्रतिस्पर्धामा काप्रीको गोरु विजेता बन्यो । त्यस्तै शहिद लखन–९ नाम्जुङका सुदिप भुजेल र थामबहादुर अंगाईको गोरु जुधाउन खोजिए पनि दुवै गोरु नजुधेकाले विजेता घोषणा नगरिएको आयोजकले जनाएको छ ।

Bull Roar [Photos]
Bull Roar [Photos]

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully