Pipalchap ground in Shahid Lakhan rural municipality-6 Ghairung was full on Tuesday to watch the bull fighting competition held on the occasion of Maghe Sankranti festival. Farmers were scrambling to get their bulls into the field. Eknarayan Shrestha of Shaheed Lakhan-6 was found in the state of preparation for mating after five months of feeding 'Tilke' bulls with stone and flour.
‘माघे संक्रान्तिको दिन गोरु जुधाउने प्रतियोगिता हेर्न कहाँ/कहाँबाट मान्छे आएका छन्, यहाँ आएका मान्छेलाई देखाउन गोरु जुधाउन आएको हुँ,’ उनले भने,‘गोरु जुधेको हेर्नुको मज्जा नै बेग्लै छ ।’ हरेक वर्षको माघे संक्रान्तिका दिन पिपलछापमा जुधाउनका लागि गोरुलाई पहिलेदेखि नै तयारी गर्ने गरिएको उनले सुनाए । ‘यसलाई ढुठो, पिठो खुवाएर बलियो बनाएका छौं,’ उनले भने ।
पिपलछापमा मंगलबार ९ हल गोरु जुधाइएको थियो । गोरु जुधाएको हेर्न युवादेखि पाका पुस्तासम्म पिपलछाप पुगेका थिए । पिपलछापमा भेटिएका रनबहादुर थापा गोरु जुधाएको हेर्नमा व्यस्त देखिन्थे । पुस्तौंदेखि किसानीमा रमेका थापा जुधाउँदा कुन गोरु बलियो रहेछ भन्ने पनि थाहा हुने बताउँछन् । ‘गोरुको जात जितार हुन्छ, आफ्नो ताकतअनुसार जुध्न छाड्दैन,’ उनले भने ।
पिपलछापमा ‘ए’ र ‘बी’ ग्रेडमा छुट्टाइएको ९ हल गोरु मंगलबार दिनभर जुधाइयो । गोरु जुधाई प्रतियोगितामा भाग लिन धादिङको ज्वालामुखी गाउँपालिकादेखिका किसान गोरु लिएर पिपलछाप पुगेका थिए । ‘ए’ ग्रेडअन्तर्गत गोरखा फुजेलका तुलसी ढकाल र ज्वालामुखी गाउँपालिकाका अनिश परियारको गोरु जुधाइएको थियो । प्रतियोगितामा अनिशको गोरु विजेता बनेको छ ।
त्यस्तै गण्डकी गाउँपालिकास्थित फुजेल कौदी र धादिङ ज्वालामुखी गाउँपालिका ठाकुरप्रसाद काप्रीको गोरु जुधाइएको छ । उक्त प्रतिस्पर्धामा काप्रीको गोरु विजेता बन्यो । त्यस्तै शहिद लखन–९ नाम्जुङका सुदिप भुजेल र थामबहादुर अंगाईको गोरु जुधाउन खोजिए पनि दुवै गोरु नजुधेकाले विजेता घोषणा नगरिएको आयोजकले जनाएको छ ।
![Bull Roar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/goru-judae-4-1412025014843-1000x0.jpg&w=1001&h=0)
![Bull Roar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/goru-judae-12-1412025014904-1000x0.jpg&w=1001&h=0)
![Bull Roar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/goru-judae-11-1412025014900-1000x0.jpg&w=1001&h=0)
![Bull Roar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/goru-judae-5-1412025014847-1000x0.jpg&w=1001&h=0)
![Bull Roar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/goru-judae-3-1412025014840-1000x0.jpg&w=1001&h=0)