काठमाडौँ — थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो ।
थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहेका छन् । काठमाडौंमा थारू समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छन् ।
![The splendor of Maghi in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maghibytharucommunityatbasantapur202501141440-1412025092130-1000x0.jpg&w=1001&h=0)
![The splendor of Maghi in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maghibytharucommunityatbasantapur202501141442-1412025092155-1000x0.jpg&w=1001&h=0)