कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

कार्तिक १४, २०८१

कान्तिपुर संवाददाता

Formation of local level by-election coordination committee under the coordination of Congress General Minister Sharma

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि संयोजन समिति गठन गरेको छ । 

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीयसंयोजन समिति गठन गरिएको हो ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार समितिको सदस्यहरूमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता प्रकाशसरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहेका छन् । 

केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई समितिको सदस्य सचिव तोकिएको छ । 

स्थानीय तह उपनिर्वाचन-२०८१

कान्तिपुर

Link copied successfully