स्थानीय तह उपनिर्वाचन : कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

कार्तिक ९, २०८१

कान्तिपुर संवाददाता

Local by-elections: Which candidates can spend how much?

काठमाडौँ — निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेद्‍वारको खर्च सीमा निर्धारण गरेको छ । 

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को ४० बमोजिम उम्मेदवारले मनोनयन पत्र दर्ता भएदेखि परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवार खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको हो । 

आयोगका अनुसार उपनिर्वाचनमा महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

त्यस्तै, महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । 

स्थानीय तह उपनिर्वाचन-२०८१

कान्तिपुर

Link copied successfully