एमालेलाई स्पष्टीकरण बुझाउँदै पाण्डे र तिम्सेनाले भने- गलत निर्णय सच्याउने टिप्पणी गर्नु कारबाही विषय होइन

‘फौजदारी अभियोग लागेका व्यक्तिबाट दान लिनु कन्फिलिक्ट अफ इन्ट्रेस्ट हुन्छ’

कार्तिक १२, २०८१

कान्तिपुर संवाददाता

Explaining to the UML, Pandey and Timsena said - Commenting to correct a wrong decision is not a subject of action

काठमाडौँ — एमालेको पार्टी मुख्यालय भवन एउटै व्यक्तिको दानमा निर्माण गर्नु गलत भएको र त्यसलाई सच्याउनुपर्ने भन्दै टिप्पणी गर्ने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले ‘कारबाही हुनुपर्ने विषय नभएको’ भन्दै स्पष्टीकरण दिएका छन् ।

एमाले सचिवालय बैठकले कात्तिक ४ मा व्यवासायी मीनबहादुर गुरुङले दान स्वीकार्ने पार्टी निर्णय विपरीत गएको भन्दै नेता भीम रावल, पाण्डे र तिम्सेनालाई स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीको साख गिर्ने गरी भएकाे निर्णयमा सुझाव दिँदा कार्बाही हुनुपर्ने कारण नभएको लिखित स्पष्टीकरण दिएका छन् । रावलले भने स्पष्टीकरण दिएका छैनन् ।
महासचिब शंकर पोखरेललाई स्पष्टीकरण दिँदै पाण्डेले सामाजिक सञ्जालमा पार्टीको हितमा आफ्नो धारणा राख्नु कारबाहीको विषय नभएको बताएकी छन् ।

‘लामो इतिहास बोकेको पार्टीले एकजना व्यक्तिको दानमा पार्टी केन्द्रीय कार्यालय बनाउनु उचित हुँदै भनेर सामाजिक सञ्जालमा लेखेको विषय कारबाहीको विषय हो कि होइन ?’उनले भनिन् ।
केन्द्रीय कमिटीले पार्टी केन्द्रीय कार्यालय आफैं बनाउने निर्णय गरेको स्मरण गराउँदै उनीहरुले पार्टीको ओज घटाउने कुरा नगरेको तर्क गरेका छन् ।
केन्द्रीय सदस्य तिम्सेना फौजदारी अभियोग लागेको व्यक्तिबाट पार्टी मुख्याल बनाउने दान लिनु आफैंमा ‘कन्फिलिक्नट अफ इन्ट्रेस्ट’ हुने उल्लेख गर्दै स्पष्टीकरण दिएकी छन् ।
‘केन्द्रीय कमिटीले पार्टी कार्यालय भवन बनाउने निर्णय गरिसकेको छ’ तिम्सेनाको भनाइ छ, ‘फौजदारी अभियोग लागेका व्यक्तिबाट दान लिनु कन्फिलिक्ट अफ इन्ट्रेस्ट हुन्छ । यसले झन् जनतालाई निराशा गराउँछ । पार्टीको गरिमा क्षय नहोस् भनने उद्देश्यले  टिप्पणी गरेको हो ।’
एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङले संयुक्तरुपमा अरोज २५ मा शिलान्यास गरेका थिए । कीर्तिपुर नगरपालिका– २  मैत्रीनगरमा केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय भएको थियो ।
पार्टी शिलान्यास गरेपछि पाण्डेले दानमा मुख्यालय लिने निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
‘मनमोहन र मदनहरुले उाचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बााचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं’ उनले लेखेकी थिइन् । तिम्सेनाले पनि उक्त निर्णयप्रति असहमति जनाएकी थिइन् ।

एमाले जग्गा दान प्रकरणएमाले

कान्तिपुर

Link copied successfully